प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आफुलाई धारे हात नगर्न माधव नेपालको एमालेका १० नेतालाई चेतावनी

663
shares

काठमाडौँ। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूलाई छोडेर एमालेमै बसेका १० नेतालाई आफूलाई धारे हात नगर्न आग्रह गरेका छन् । शनिवार काठमाडौंमा पार्टीको चौथो केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले उनीहरुको पछिल्लो अभिव्यक्ति सुन्न लायक नभएको टिप्पणी गरे ।

शुक्रबार माधव नेपाललाई लक्षित गर्दै एमाले नेता योगेश भट्टराईले आत्मबोध र पश्चाताप कहिले गर्ने भन्दै कटाक्ष गरेका थिए । अध्यक्ष नेपालले शनिवार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा भट्टराईको प्रश्नको जवाफ दिएका हुन् ।

नेता नेपालले उनीहरु दासको रुपमा एमालेमा बसेर धारे हात लगाउन उचित नहुने बताए । उनले भने–‘कथित १० भाइका कुराहरु सुनिरहेको छु, उनीहरु जथाभावी बोल्ने लेख्ने गरिरहेका छन् । उनीहरुको दिमाग बाट अझै नसा हटेको छैन । त्यो पार्टीमा दासको रुपमा बस्ने कुनै मूल्य मान्यता छैन । हामीले संविधानको रक्षा गर्दा पनि उनीहरु धारे हात गर्ने दुस्साहस गरिरहेका छन् ।’ उनले एमाले बाट आफूहरुले गरेको विद्रोह उचित रहेको दावी गरे । उनले ती १० भाइलाई धारे हात नगर्न आग्रह समेत गरे ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports