२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

देशभरी मनसुनको प्रभाव बाढी पहिरोको जोखिम बढ्यो

728
shares

काठमाडौं ।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।

सोमबार देशभर सामान्य बदली रहनेछ । देशभरका पहाडी भू-भागका धेरै स्थानहरूमा र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ तथा गण्डकी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

भारी वर्षाको पनि सम्भावना रहेकोले उक्त प्रदेशहरूको पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहाव (debris flow) को जोखिम रहेको साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जन जीवन/ यातायात क्षेत्र समेत प्रभावित हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यता मंगलबार देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका र सुदूरपश्चिम प्रदेश का एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports