२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त

897
shares

काठमाडौं ।नेपाल स्थित अमेरिकी दूतावासका नियोग उपप्रमुख मानुअल पी मिकलर ताजिकिस्तानका लागि राजदूतामा नियुक्त भएका छन् । अमेरिकाको राष्ट्रपति कार्यालका अनुसार राजदूत र्‍यान्डी बेरी नामिबिया र नियोग उपप्रमुख मिकलर ताजिकस्तानका लागि राजदूतमा नियुक्त भएका हुन् ।

ह्वाइट हाउसका अनुसार दुवै जनालाई अन्य मुलुकमा राजदूतका लागि नियुक्त गरे पनि नेपालका लागि उक्त जिम्मेवारीमा कसलाई पठाइन्छ भन्ने विषयमा उल्लेख गरिएको छैन । हाल दूतावासमा नियोग उपप्रमुखका रूपमा कार्यरत मिकलर अमेरिकाको परराष्ट्र सेवाका करियर डिप्लोम्याट हुन् । उनी नेपाल स्थित अमेरिकी दूतावासको नियोग उपप्रमुख भएर आउनु भन्दा पहिले मंगोलियाको उलानबाटारमा रहेको अमेरिकी दूतावासमा मिसनका उपप्रमुख थिए ।

मिकलरले वाशिंगटन डीसीमा विदेश मन्त्रालयको दक्षिण तथा मध्य एसियाली ब्यूरो अन्तर्गत भारत मामिलाको कार्यालयमा उपनिर्देशकको रूपमा पनि काम गरेका थिए । त्यस बाहेक पनि विभिन्न मुलुकमा रहेका अमेरिकी नियोगहरूमा उनले लामो अनुभव बटुलेका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports