प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आज एकीकृत समाजवादीको पहिलो केन्द्रीय परिषद् बैठक बस्दै

663
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो केन्द्रीय परिषद् बैठक आज बस्दै छ ।प्रज्ञा भवन कमलादीमा बस्ने बैठकमा देशभर बाट करिब एक हजार ५०० जना सहभागी हुने सो पार्टीले जनाएको छ ।

पार्टीको सांगठनिक गतिविधि, स्थानीय तह निर्वाचनको समीक्षा, आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन लक्षित कार्यक्रम लगायत एजेण्डामा बैठकमा छलफल हुने सो पार्टीका प्रचार विभाग उपप्रमुख शम्भु श्रेष्ठले जानकारी दिए ।

बैठकमा पार्टीका महासचिव डा. वेदुराम भुसालले राजनीतिक प्रतिवेदन पेश गर्ने छन् । सो प्रतिवेदनमा एमाले बाट विद्रोह गरेर एकीकृत समाजवादी पार्टी गठन गर्नुको कारणका साथै कम्युनिष्ट आन्दोलनमा देखा परेका समस्या बारे चर्चा गर्दै आगामी कार्यदिशा बारे उल्लेख छ । सो प्रतिवेदनमा बैठकमा सहभागीहरुले छलफल गरेर पार्टीको आगामी कार्यदिशा तय गर्नेछन् । बैठकको शुभारम्भ अध्यक्ष माधव कुमार नेपालले गर्नेछन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports