प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको छौ : निर्देशक दास

585
shares

काठमाडौं ।इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाको प्रकोप देखिन सक्ने सम्भावना हेरेर अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको बताएका छन् । सोमबार प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिमा हैजाबारे भएको छलफलमा उपस्थित भएका निर्देशक दासले हाल सम्म नेपालमा १२ जनामा हैजाको जिवाणु देखिएको र ८ जना निको भएर घर फर्किसकेको बताए । ‘चार वटा केस बाँकी छ, एउटा केस आईसीयूमा पनि गयो’ उनले भने ।

हैजाको उपचारका लागि सरकारले टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र पाटन अस्पताललाई हब अस्पताल तोकेको छ । हाल हैजाका बिरामीको निजी क्षेत्रको बयोधा अस्पताल र स्टार अस्पतालले पनि उपचार गरिरहेका छन् । निर्देशक दासका अनुसार बागबजार, सानेपा र डिल्लीबजार क्षेत्रको पानीमा हैजाको जिवाणु भेटिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले वितरण गरेको पानीको पनि १० वटा नमुना परीक्षण गरिएको उनले बताए ।

काठमाडौंमा वितरीत १५ प्रतिशत जारको पानी पनि प्रदूषित पाइएको निर्देशक दासको भनाइ छ । बुढानीलकण्ठ नगरपालिकाले गरेको नमुना परीक्षणका क्रममा ७२ प्रतिशत पानी प्रदूषित देखिएको पनि दासले बताए । सांसदहरुले हैजाले भयंकर रुप लिन सक्ने भन्दै सरकारी निकायलाई सचेत हुन खबरदारी गरेका छन् । काठमाडौंको बागबजार बाट सुरु भएको हैजा फैलिदै गएको भन्दै उनीहरुले सरकारले बेलैमा नियन्त्रणका लागि कदम चाल्नुपर्ने बताए ।कांग्रेस सांसद मानबहादुर विश्वकर्माले काठमाडौंको खानेपानीमा समस्या देखिएकाले बेलैमा सरकारले नागरिकलाई सचेत गराउनुपर्ने बताए । ‘खानेपानी र ढल एकै ठाउँमा हुँदा पनि समस्या छ । जनतालाई बुझाउनुपर्छ । नत्र यसले भयंकर रुप लिन सक्छ’ उनले भने ।

सांसद तिलबहादुर महतले जारको पानीमा समेत समस्या देखिनु गम्भीर भएको बताए । ‘समस्या परेपछि दौडधुप गर्नुहुन्छ तर दीर्घकालीन रुपमै समस्या आउन नदिन ख्याल गर्नुपर्छ । झाडापखाला विषयमा अलि बढी ख्याल गरेर जाऔं’ उनले भने । सांसद जगत विश्वकर्माले हैजा नियन्त्रणका लागि सरकारको तयारी के छ भनी प्रश्न गरे । वर्षायाममा बाढी र डुवानको समस्या देखिँदा नागरिकले सफा पिउने पानी नपाउने भन्दै त्यस्तो अवस्थामा रोग फैलिन नदिन सरकारले तयारीबारे जानकारी माग गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports