प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सरकारको ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी

572
shares

काठमाडौं ।सरकारले ग्लोबल फण्डको रकम सिधै स्वास्थ्य मन्त्रालय मातहत आउने गरी तयारी गरेको छ । सोमबार नवनियुक्त मन्त्री भवानी खापुङले यससम्बन्धी निर्णयमा हस्ताक्षर गरेका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संगीता मिश्राका अनुसार अब यो प्रस्ताव मन्त्रिपरिषदमा पुग्नेछ । हाल ग्लोबल फण्डको रकम गैर सरकारी निकाय सेभ द चिल्ड्रेनमार्फत खर्च हुँदै आएको थियो । तर सन् २०२४ मा सुरु हुने नयाँ साइकलका लागि ग्लोबल फण्डको रकम सरकार मातहत नै खर्च हुने गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयारी गरेको प्रवक्ता डा. मिश्राले जानकारी दिइन् ।

सोमबार नै स्वास्थ्यमन्त्रीको रुपमा पदभार ग्रहण गरेका खापुङले दूरदराजमा रोग पहिचान गर्न कठिनाइ हुने र उपचार नहुने अवस्था अन्त्य गर्न गाउँगाउँमा स्वास्थ्य शिविर लैजाने बताएका छन् । उनले क्यान्सर, मुटु, मिर्गौला जस्ता रोगको उपचारमा विशेष महत्व दिने पनि बताए ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports