प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सी सी टिभीको फुटेज उपलब्ध गराउन अर्थ मन्त्रालय सँग माग

702
shares

काठमाडौं ।आर्थिक विधेयकमा करका दरहरु हेरफेर गर्न अनाधिकृत व्यक्तिको संलग्नता बारे अध्ययन गर्न भन्दै उपभोक्ता अधिकारबादी संस्था उपभोक्ता हित संरक्षण मञ्चले अर्थ मन्त्रालय सँग क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य माग गरेको छ ।

सोमबार सूचनाको हक अन्तर्गतको निवेदन मन्त्रालयमा पेश गर्दै मञ्चले चालु आर्थिक वर्ष र आगामी आवको बजेट निर्माण अवधिको दुई रातको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराउन माग गरेको हो । मन्त्रालयका सूचना अधिकारीलाई सम्बोधन गर्दै मञ्चका सचिव जयप्रसाद पौडेलले पेश गरेको निदेवनमा चालु आर्थिक वर्षको प्रतिस्थापन विधेयकमा करको दर फेरको दिन २०७८ भदौ २४ गते राति र आगामी आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणको अन्तिम दिन (२०७९ जेठ १४ गते) रातिको श्रव्य दृश्य माग गरिएको छ ।

२४ भदौको राति ११ बजे देखि बिहान ६ बजे सम्म र गत १४ जेठ साँझ ६ बजे देखि बिहान ६ बजेसम्म १२ घण्टाको क्लोज सर्किट टेलिभिजन (सीसी टिभी) दृश्य उपलब्ध गराइदिन मञ्चले मन्त्रालय सँग अनुरोध गरेको छ । मञ्चले निवेदन मार्फत विधेयक तर्जुमा गर्दा मन्त्रालय परिसर, अर्थ तथा राजश्व सचिवको कार्यकक्ष र मन्त्रीको कार्यकक्षमा भएको ओहोर दोहोरको सम्पूर्ण दृश्य उपलब्ध गराइदिन अनुरोध गरेको छ । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ र ७ बमोजिम यस्तो निवेदन दिइएको पनि मञ्चले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports