प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बीआरआईलाई टक्कर दिन जि ७ राष्ट्रहरूले ६०० खर्व लगानी गर्ने

663
shares

काठमाडौं ।धनी राष्ट्रहरूको समूह जी- ७ ले चीनको बेल्ट एन्ड रोड इनिसियटिभ्स (बीआरआई) परियोजनालाई टक्कर दिन विकासशील देशहरूमा ६०० अर्ब डलर लगानी गर्ने भएको छ।जर्मनीमा जारी जी-७ को सम्मेलनले सरकारी तथा निजी साझेदारीमा विकासशील देशहरूमा पूर्वाधार विकासमा पाँच वर्षमा खर्च गर्ने गरी ६०० अर्ब अमेरिकी डलर बराबरका लगानी गर्ने प्रतिबद्धता जनाएका हुन्।

विश्वव्यापी अर्थतन्त्रलाई नयाँ आकार दिने लक्ष्य सहित बसेको जी–७तका नेतृत्वको सम्मेलनले विश्वव्यापी पूर्वाधार र लगानीमा साझेदारीको नारा सहित लगानी प्रस्ताव चीनको बीआरआई परियोजनाको विकल्पका रूपमा ल्याइएको जनाइएको छ। चीनको बीआरआई लगानीले एसिया देखि युरोपस म्मको प्राचीन सिल्क रोड व्यापार मार्गको आधुनिक संस्करण सिर्जना गर्ने उद्देश्यले एक सय भन्दा बढी मुलुकलाई समावेश गरेर परियोजना अघि बढाएको छ।

चीनले १०० भन्दा बढी देशमा लगानी गर्ने गरी सन् २०१३ देखि बीआरआई योजना कार्यान्वयनमा ल्याएको हो । अन्तर्राष्ट्रिय अन्तरसरकारी आर्थिक सङ्गठनका रूपमा परिचित रहेको जी–सातमा संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी, क्यानडा, इटाली, जापान र बेलायत सदस्य छन्। त्यस्तै आमन्त्रित सदस्यका रूपमा युरोपेली संघ रहेको छ।

जी-७ राष्ट्रले गर्ने ६०० अर्ब डलर मध्ये अमेरिका एक्लैले दुई सय अर्ब अमेरिकी डलर खर्च गर्ने घोषणा अमेरिकाका राष्ट्रपति जो बाइडेनले गरेका छन्। राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल मार्फत अमेरिकाले जलवायु परिवर्तन सँग लड्न, विश्वव्यापी स्वास्थ्य, लैङ्गिक समानता र प्राविधिगत पूर्वाधारमा सुधार गर्न मद्दत गर्ने तथा न्यून र मध्यम आय भएका देशहरूमा परियोजना कार्यान्वयन गर्न पाँच वर्षमा दुई खर्ब डलर अनुदानका रूपमा प्रदान गर्न सङ्घीय कोष र निजी लगानी परिचालन गर्ने जानकारी दिएका हुन्।एजेन्सी

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports