विराटनगरमा अबिरल वर्षा सँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पस्यो
वि.सं.२०७९ असार १४ मंगलवार १२:१५
shares

विराटनगर ।अबिरल वर्षा सँगै सिंघिया खोलामा आएको बाढी बस्तीमा पसेको छ । मंगलबार बिहान विराटनगर महानगरपालिका वडा नं. ८ को खोला किनारका बस्तीमा बाढी पसेको हो । सिंघियाको बाढीका कारण खोला किनारमा २५ परिवार विस्थापित भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठका अनुसार बिस्थापितहरूलाई सुरक्षित स्थानमा सारिएको छ । खोला किनारका अन्य बस्ती पनि बाढीको जोखिममा परेका छन् ।
सिंघियाको बाढीका कारण कटहरी १ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । विराटनगर २ को खोला किनारका बस्तीमा पनि पानी पसेको छ । स्थानीय सुभाष कामतका अनुसार बाढीले बस्ती छोएपछि स्थानीय बासिन्दाले अन्यत्र सर्ने तयारी गरिरहेका छन् ।






































