kumari
stcnepal

सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त

काठमाडौं ।सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गत ११ असारको मन्त्रीस्तरीय निर्णय बाट डा. यादव नियुक्त भएका हुन् ।

यादव यसअघि टेकु स्थित आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा. सबरी साहलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग तानिएको छ ।

तत्कालीन स्वास्थ्य मन्त्री विरोध खतिवडाले मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

 

 

footer