२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

वामदेवको पार्टी जन्मिदै विवादित

689
shares

काठमाडौं। राष्ट्रियसभा सदस्य वामदेव गौतम नेतृत्वको ‘नेपाल कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियान’ पार्टी घोषणा नहुँदै विवादमा परेको छ । ६९ जनाको केन्द्रीय समितिमा वामदेवले पत्नी, छोरा र स्वकीय सचिवलाई पनि समेटेपछि ‘परिवारवाद’ हावी भएको भन्दै शुरुमै विवादित बनेको हो ।

आज सार्वजनिक केन्द्रीय सदस्यको सूचीमा पहिलो नम्बरमा संयोजक समेत रहनुभएका वामदेवको नाम छ । प्रतिनिधिसभा सदस्य समेत रहेकी उहाँकी श्रीमती तुल्सी थापाको नाम दोस्रो नम्बरमा राखिएको छ ।

त्यस्तै, गौतम दम्पतिका सुपुत्र हरिसदेव गौतम पनि केन्द्रीय सदस्य बन्नुभएको छ । उहाँको नाम सूचीको पाँचौँ नम्बरमा छ । त्यस्तै, संयोजक गौतमका पिए दिपकुमार टमाटा केन्द्रीय सदस्यको सूचीमा छैटौँ नम्बरमा पर्न सफल भएका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports