प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अमेरिकाको भ्रमण रहेका प्रधानसेनापतिले भेटे अमेरिकी ब्रिगेडियर जनरललाई

559
shares

काठमाडौं। प्रधानसेनापति प्रभुराम शर्मा अहिले अमेरिका भ्रमणमा छन् । भ्रमणकै क्रममा उनले मरिन कर्प्स वार फाइटिङ ल्याब्रोटरीका कमाण्डिङ जनरल बिग्रेडियर जनरल केली बी. एलिसन सँग भेटघाट गरेका छन् ।

प्रधानसेनापति शर्माले क्वान्टिको भर्जिनियामा रहेको नेसनल म्युजियम अफ दी मरिन कर्प्स र मरिन कर्प्स बेसको अवलोकन गरेका थिए । साथै मरिन कर्प्स कमाण्ड एण्ड स्टाफ कलेजको भ्रमण गर्दै शर्माले सो कलेजको तालिम लगायत विविध पक्षका बारेमा जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।

प्रधानसेनापति शर्मा लेबनान र सिरियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अवस्था बारे अवलोकन गरेर असार १३ गते बाट अमेरिकाको भ्रमणमा छन् । असार १२ गते अमेरिका पुगेका उनले सोही दिन अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री सँग भेटघाट गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports