kumari
stcnepal

उकालो लाग्यो कोरोना, आज थपिए ४४ संक्रमित

काठमाडौं। नेपालमा थप ४४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । २ हजार ७९८ जनामा परीक्षण गर्दा पीसीआर विधि बाट ३८ तथा एन्टिजेन विधि बाट ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । नयाँ सङ्क्रमित मध्ये सबैभन्दा धेरै काठमाडौँका १७ जना रहेका छन् भने ललितपुरका ६ जना रहेका छन् ।

यही अवधिमा थप १७ जना सङ्क्रमण मुक्त पनि भएका छन् । हाल देशभर २२९ जना सक्रिय सङ्क्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ लाख ३६ हजार ९९६ जनाले कोरोना विरुद्धको खोप पनि लगाएका छन् । नेपालमा हाल सम्म कोभिड–१९ को सङ्क्रमण बाट ११ हजार ९५२ जनाको मृत्यु भइसकेको छ ।

 

 

footer