२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सर्वोच्चले बुढीगंगामा पुन: मतदान रोक्न अन्तरिम आदेश दिएन

949
shares

काठमाडौं ।२३ असारमा पुन: मतदान तोकिएको बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ ।

सर्वोच्च अदालतले बाजुराको बुढीगंगा नगरपालिकामा ३० वैशाखमै भएको मतदानको मतगणना गर्ने आदेश दिन अस्वीकार गरेको छ । निर्वाचन आयोगले बुढीगंगामा ३० वैशाखको मतदान रद्द गरी २३ असारमा पुन: मतदानको निर्णय गरिसकेको छ । तर बुढीगंगाका मतदाता दलबहादुर सावदले यसअघि मतदान भएको मतपेटिका बाट मतगणना गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दिएका थिए ।

मंगलबार कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले यसअघिकै मतदानको मतगणना गर्ने गरी अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । सर्वोच्चको यो निर्णय सँगै निर्वाचन आयोगलाई २३ असारमा बुढीगंगामा पुन: मतदान गर्न बाटो खुलेको छ ।

३० वैशाखमा भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको पुष्टि भएको भन्दै आयोगले ३० वैशाखमा भएको मतदान रद्द गरी पुन: मतदानको नयाँ मिति तोकेको थियो । बुथ कब्जा भएको भन्दै नेपाली कांग्रेस लगायत सत्तारुढ गठबन्धनका दलले पुन: मतदान मागेका थिए भने नेकपा एमालेले मतगणना माग गरेको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports