kumari
stcnepal

श्रीलंकाले दुई साताको लागि अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगायो

काठमाडौं ।आर्थिक संकट गहिरि‌ंदै गएपछि श्रीलंकाले अत्यावश्यक सेवा बाहेकका क्षेत्रमा पेट्रोल बिक्रीमा प्रतिबन्ध लगाएको छ । बीबीसीले स्थानीय अधिकारीहरुलाई उदृत गर्दै उल्लेख गरे अनुसार अबको दुई साता श्रीलंकामा यात्रु बाहक बस, औषधि र स्वास्थ्यजन्य सेवाका सवारी र खाद्य वस्तु ओसारपसार गर्ने सवारी साधनले मात्रै पेट्रोल पाउनेछन् ।

आर्थिक संकटका कारण इन्धनको अभाव चर्किंदै गएपछि सरकारले शहरका विद्यलयहरु दुई साताका लागि बन्द गर्ने घोषणा गरेको छ । यस्तै अत्यवश्यक सेवा बाहेकका निजी तथा सरकारी क्षेत्र सेवालाई ‘वर्क फ्रम होम’मार्फत गर्न र देशको अवस्थालाई बुझेर घरबाहिर ननिस्कन जनता सँग आग्रह गरेको बीबीसीले जनाएको छ ।

 

 

footer