प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा नेपालले भोली कर्णाली प्रदेशको सुर्खेतमा अन्तक्रिया कार्यक्रम गर्ने

572
shares

काठमाडौं ।राप्रपा नेपालले कर्णाली प्रदेशको सुर्खेतमा अन्तरक्रिया र अगुवा कार्यकर्ता भेला गर्ने भएको छ । प्रदेशको राजधानीहरूमा कार्यक्रम गरिने तय भए अनुसार यस अघि, हेटौंडा, बिराटनगर, जनकपुर, बुटवल पोखरा र धनगढीमा कार्यक्रम सम्पन्न भैसकेका छन् ।

भोलि असार १६ गते सुर्खेतमा कार्यक्रम आयोजना गरिन लागेको र कार्यक्रमको सम्पुर्ण तयारी सम्पन्न भएको युवक संगठनका केन्द्रिय महासचिब जनक फडेराले जानकारी दिए ।

कार्यक्रमका निमित्त पार्टीका महामन्त्री राजाराम बर्तौला र केन्द्रिय सदस्य पुरु दाहाल सुर्खेत आइसकेका छन् । महामन्त्री बर्तौलाका अनुसार विभिन्न बर्ग , क्षेत्र , समुदायका व्यक्तिहरु सँग पार्टी अध्यक्ष कमल थापाले अन्तरक्रिया गर्नेछन् भने प्रदेश क्षेत्र भित्रका जिल्लाका अध्यक्ष सहित प्रतिनिधिहरुको सहभागितामा छुट्टै अगुवा कार्यकर्ता भेलाको आयोजना हुनेछ ।

जहाँ थापाले प्रशिक्षण समेत दिनेछन् । कार्यक्रममा सहभागी हुन अध्यक्ष कमल थापा भोलि सुर्खेत आउने कार्यक्रम रहेको केन्द्रिय सदस्य ईश्वर श्रेष्ठले जानकारी दिए । महामन्त्री बर्तौलाले विभिन्न ६ प्रदेशमा सम्पन्न भएका कार्यक्रम बाट जनभावना बुझ्न मद्दत गरेको र पार्टीको भावी नीति, कार्यदिशा र कार्यक्रम निर्माण गर्न समेत सघाउ पुग्ने बताए । कार्यक्रम बाट प्राप्त सल्लाह ,सुझाब ,प्रतिक्रिया अनुसार पार्टीलाई नयाँ शिरा बाट अघि बढाउने नीति पार्टीले अबलम्बन गर्ने उनले बताए।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports