विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धेरै स्थानमा ठुलो वर्षा, सतर्कता अपनाउन अनुरोध

650
shares

काठमाडौं ।पछिल्लो ३ घण्टा कास्की, स्याङ्जा, पाल्पा, कपिलवस्तु, रुपन्देही, अर्घाखाँची, नवलपरासी, प्युठान, दाङ, बाँके, कैलाली कञ्चनपुर, रुकुम, जाजरकोट, सुर्खेत बारा, रौतहट, महोत्तरी, सर्लाही, काठमाडौँ र आसपास धेरै स्थानमा ठुलो वर्षा भइरहेको छ । यी स्थानमा थप वर्षा हुने भएकाले उक्त जिल्ला भएर बहने साना नदीमा आकस्मिक बहावको उच्च सम्भावना रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तटीय क्षेत्रमा अर्को ६ घण्टा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेकाे छ ।


यता पछिल्लो ३ घण्टा कैलाली, कन्चनपुर र आसपास धेरै स्थानमा भारी वर्षा भएको छ । कान्द्रा, मोहना, खुटीया लगायत साना नदीमा एक्कासी बाढी आउन सक्ने सम्भावना रहेको छ । कान्द्रा नदी बाढी मापन केन्द्र कैलालीमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो रहेको महाशाखाले जनाएकाे छ । नदीतटीय क्षेत्र र होचा डुबान भइरहने क्षेत्रमा विहान १० बजे सम्म विषेश सतर्कता अपनाउन महाशाखाले सूचना जारी गरेकाे छ ।

उता रौतहटको गौर र आसपासको क्षेत्रहरूमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ। सो क्षेत्र भइ बहने साना नदीहरूमा बाढीको जोखिम भएकाले तटीय क्षेत्र तथा डुबान भइरहने होचा भूभागमा रहनेहरूले बेलुका सम्मै उच्च सतर्कता अपनाउन भनिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports