kumari
stcnepal

काठमाडौं उपत्यकामा भेटिए १४ जना हैजाका संक्रमित

काठमाडौं ।काठमाडौं उपत्यकामा १३ दिनको बीचमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा असार २ देखि बुधबारसम्म गरिएको परीक्षणमा १४ जनामा हैजाको संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्राले आरडीटी र ह्याङ्गिङ ड्रप विधि बाट परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइन् ।

उनका अनुसार ललितपुरमा संकलन गरिएको १८ वटा नमुना मध्ये १२ वटामा हैजा फैलाउने इकालाइ जिवाणु भेटिएको छ । हैजा बाट बच्न पानी उमालेर मात्र खान र ताजा खानेकुरा खान स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

 

 

footer