kumari
stcnepal

कोरोना बढदो क्रममा, आज थपिए ६२ जना कोरोनाका संक्रमित

काठमाडौं ।पछिल्लो समय कोरोना संक्रमितहरू बढ्दै गएका छन् । पछिल्लो २४ घण्टामा ६२ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६२० नमूना परीक्षण मध्ये ५१ जनामा पीसीआर र ११ जनामा एन्टिजेन पोजिटीभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा कुनै पनि संक्रमितको निधन भएको छैन । हालसम्मको निधन संख्या ११ हजार ९५२ छ । मन्त्रालयका अनुसार थप १९ जना संक्रमणमुक्त भएका छन् । हाल मुलुकभर २६१ सक्रिय संक्रमित छन् ।

 

 

footer