kumari
stcnepal

अर्थतन्त्रको अहिलेको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउँछ : गभर्नर अधिकारी

काठमाडौं ।अर्थमन्त्री जनार्दन शर्मा समक्ष नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीति बारे ब्रिफिङ गरेका छन् ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री र मन्त्रालयको टिमले बजेटले लिएका लक्ष्य प्राप्त गर्ने गरी मौद्रिक नीति आउने अपेक्षा राखेका थिए । जवाफमा गभर्नर अधिकारीले अर्थतन्त्रको अहिलेको अवस्था मूल्यांकन गरी मौद्रिक नीति आउने बताएका छन् ।

अर्थमन्त्री शर्मा सहित मन्त्रालयका सचिवहरुले मुद्रास्फीति, आर्थिक वृद्धि, लगायतमा बजेटले लिएका लक्ष्य पूरा गर्ने गरी मौद्रिक नीति ल्याउनु पर्ने बताएका थिए ।

अर्थमन्त्रालयको चासो सेयर बजारको खस्किंदो प्रवृत्तिमा समेत रहेको थियो । बुधबार गभर्नर अधिकारी र अर्थ मन्त्रालयको टिम बीच झण्डै एक घण्टा छलफल भएको छ ।

 

 

footer