२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको भीम रावलको आरोप

910
shares

काठमाडौं ।नेकपा एमालेका नेता डा. भीम रावलले नेपाल संसदीय समितिले दिएको निर्देशन विपरीत रक्षा मन्त्रालयले समितिलाई अवज्ञा गरेको आरोप लगाएका छन् । बुधवार सिंहदरबारमा बसेको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा बोल्दै नेता रावलले रक्षा मन्त्रालयले संसदीय समितिको अवज्ञा गरेको आरोप लगाएका हुन् ।

उनले समितिले अमेरिकी सरकार सँग स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) सम्बन्धी सम्झौता बारे जानकारी गराउन निर्देशन दिए पनि त्यसको अवज्ञा गर्दै रक्षा मन्त्रालयको तर्फ बाट कागजात उपर सम्झौता गराउने सम्बन्धमा मन्त्रीपरिषद्को निर्णय यसलाई अघि नबढाउने भएको हुनाले यो व्यहोरा सम्मानित समितिमा सभापति बाट निर्देशित गराएँछु भन्ने पत्र पठाइ समितिकै अवज्ञा गरेको बताए ।

नेता रावलले कानूनी र प्रशासनिक दृष्टिकोण बाट पनि यो समितिको निर्देशन विपरीतको पत्र भएको दाबी गरे । उनले समितिले बारम्बार एसपीपीको बारेमा स्पष्ट जानकारी सरकार सँग माग गरे पनि सरकारले अमेरिकालाई पठाएको पत्र वा मन्त्रीपरिषदको निर्णय नै नपठाइ बिना अर्थको पत्र समितिमा पठाएको बताए । उनले संविधानले अख्तियार प्रदान गरेको समितिलाई कुनै एउटा मन्त्रालयले यस किसिमको पत्र लेख्न नसक्ने जिकिर गरे ।

उनले भने, ‘ नेपाल सरकारले अमेरिकालाई कस्तो पत्र पठायो, त्यो भएको भए समितिलाई जानकारी हुन्थ्यो । मन्त्रीपरिषद्को निर्णय जस्ताको त्यस्तै गरेर पठाएको भए समितिलाई जानकारी गराउने भए हुन्थ्यो । त्यो पनि पठाउनु भएन, नेपालको संविधानले सामान्य नागरिकलाई त सूचनाको हक दिएको छ भने संघीय संसदको संयुक्त समितिलाई यस्तो पत्र लेख्ने कुरा समितिको निर्णयको अवज्ञा हो ।’ नेता रावलले समितिको बारेमा नेपाल सरकार र सम्बन्धित निकायलाई राम्रो सँग जानकारी नरहेको भन्दै मन्त्रालयको समितिलाई पठाएको पत्र आपत्तिजनक रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports