२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राष्ट्रपतिको प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षण

715
shares

काठमाडौं ।राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवा सँग जनसरोकार र राष्ट्रियता सम्बन्धी ५ बिषयमा गम्भीर ध्यानाकर्षण गराउनु भएको छ । पछिल्लो पटक मंगलवार साँझ शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले मल अभाव देखि एसपीपी सम्मका बिषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवा बीच नियमित ब्रिफिङका सिलसिलामा भेटवार्ता भएको हो । भेटमा राष्ट्रपति भण्डारीले जनसरोकार र राष्ट्रियता सँग सम्बन्धित विविध विषयमा प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको छ । सितल निवास स्रोतका अनुसार मनसुनको सिजन सुरु भएर बाढी–पहिरोका खबर आउन लागेको भन्दै राष्ट्रपतिले सबै सरकारको तयारीबारे जिज्ञासा राख्नुभएको थियो ।

यस्तै, राष्ट्रपतिले काठमाडौं उपत्यकामा हैजा देखिएको अवस्थामा यसलाई फैलिन नदिन आवश्यक सतर्कता अपनाउने बिषयमा पनि जोड दिनुभएको छ । काठमाडौंका सार्वजनिक तथा निजी सबै स्वास्थ्य संस्था र स्थानीय तहहरू बिच समन्वय गरेर जान उहाँको सुझाव रहेको स्रोतले बतायो । राष्ट्रपति भण्डारीले रासायनिक मल अभावको बिषयमा पनि निकै गम्भीर ढंगले ध्यानाकर्षण गराउनु भएको छ ।

खेतीको समयमा किसानहरूले भोग्दै आएको मल तथा बिउबिजनको समस्या समाधानका लागि के कस्ता काम भइरहेको छ ? किसानले सधैभरी समयमै किन मल पाउँदैनन ? भन्दै राष्ट्रपतिले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको हो । यसैगरी अमेरिकी स्टेट पार्टनरसीप (एसपीपी) को विषयमा पनि राष्ट्रपतिले चासो राख्नुभएको थियो । राष्ट्रपतिले नेपालको असंलग्न परराष्ट्र नीतिमा आँच आउने गरी कुनै पनि काम गर्न नहुने तर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराउनु भएको राष्ट्रपति भण्डारीका सचिवालयमा रहेका एक सदस्यले जनताटाइम्स डटकमलाई बताए ।

यसैगरी राष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा विरुद्धको महाअभियोग प्रस्तावका विषयमा पनि चासो राख्नुभएको थियो । सत्तारुढ दलले प्रधानन्यायाधीश जवरा बिरुद्ध संसदमा महाअभियोग दर्ता गरे पनि अगाडि बढाएका छैनन । स्रोतका अनुसार संसदमा पेस भएको महाअभियोग प्रस्तावलाई चाँडो निकास दिनुपर्ने तथ्यलाई राष्ट्रपतिले ध्यानाकर्षण गराउनु भएको छ । प्रस्ताव दर्ता गरिसकेपछि छलफलमै नलैजानु प्रजातान्त्रिक नहुने आफ्नो निश्कर्ष सुनाउँदै राष्ट्रपतिले प्रधानमन्त्री सँग धारणा माग्नुभएको स्रोतको भनाई छ ।

 

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports