२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माधव नेपालको गुनासो, फिर्ता बोलाइएका पूर्वमन्त्रीहरू बोल्नै छोडे

728
shares

काठमाडौं ।प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकार बाट फिर्ता बोलाएका नेकपा एकीकृत समाजवादीका चार मन्त्री अध्यक्ष माधव नेपाल सँग बोलचाल नै बन्द गरेका छन ।पार्टीले फिर्ता बोलाएपछि प्रधानमन्त्री देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको शरणमा परेर २२ दिन थप कमाउ धन्दा चलाएका चारै मन्त्री माधव प्रति आक्रोशित बनेर बोल्न छाडेका हुन । नेकपा एसले उपाध्यक्ष समेत रहनुभएका स्वास्थ्यमन्त्री बिरोध खतिवडा, सचिव समेत रहनुभएकी सहरी बिकाशमन्त्री रामकुमारी झाँक्री सहित किसान श्रेष्ठ र प्रेम आलेलाई फिर्ता बालाएर नयाँ मन्त्री नियुक्त गराइसकेको छ ।

आफूहरुलाई देउवा सरकार रहँदा सम्म मन्त्री दिने प्रतिवद्धता जनाएको तर अहिले अध्यक्ष नेपालले धोका दिएको भन्दै रिसाएका पूर्वमन्त्रीहरु उहाँ सँग बोल्न छाडेका हुन । अध्यक्ष नेपाल स्वयंले सरकार बाट फिर्ता भएका मन्त्रीहरू आफू सँग बोल्न छाडेको खुलासा गर्नुभएको छ । ‘मन्त्री बाट फिर्ता भएदेखि अधिकांश मन्त्री पार्टीको बैठकमा समेत सहभागी भएनन, म सहितका बोलचाल समेत गर्न छाडे,’ नेकपा एस सुदुरपश्चिम सम्पर्क कमिटीले आज आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले भन्नुभयो ।

नवनियुक्त मन्त्रीलाई बधाई दिन आयोजित कार्यक्रममा आले पनि उपस्थित हुनुभएन । मन्त्री बनेकाहरुले ६ महिनाका लागि मात्रै पठाइएको तथ्य भुलेको पनि नेपालले आरोप लगाउनु भयो । ‘४ जना मन्त्री मध्ये अहिले सम्म प्रेमबहादुर आलेले मात्रै ६ महिनाका लागि हामीलाई सरकारका पठाएको हो भन्नुभयो । त्यो बाहेक अरू एक जनाले पनि भनेको छैन । अझै पनि मेरा यी कानले सुन्ने गरी, बुझिने गरी पटक–पटक ६ महिनाका लागि हामीलाई पठाएको हो भनेको सुन्न मन त । मलाई मात्र होइन हाम्रो पार्टीलाई समेत ६ महिनाका लागि मात्रै हामीलाई सरकारका पठाएको हो भनेको सुन्न मन छ,’ नेपालको भनाई थियो ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports