२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनलाई हाइज्याक गर्नेहरुले नै भाद्र २४...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अब देखी काठमाडौंका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाईने

728
shares

काठमाडौं ।काठमाडौं महानगरपालिका भित्रका सार्वजनिक स्थानमा भिक्षा माग्न नपाइने भएको छ । महानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै अब सार्वजनिक स्थानमा भिक्षा माग्न निषेध गरिएको जनाएको छ ।

महानगरका अनुसार महानगरपालिका क्षेत्र भित्रको सडक, गल्ली, पार्क, सवारी विसौनीस्थल, सरकारी कार्यालय या कार्यालयको परिसर, सार्वजनिक सवारीसाधन र अन्य सार्वजनिक स्थानमा कसैले भिक्षा माग्न नपाइने भएको हो । साधु, सन्त, जोगी वा भिक्षुले सनातन देखि चलिआएको परम्परा अनुसार घर घरमा पुगी भिक्षा माग गरेमा वा कुनै धार्मिक या सांस्कृतिक कार्यमा माग्नेको हकमा भने यो नियम लागु हुने छैन ।

“बालबालिकालाई गीत गाउन लगाउने, नाच्ने, खेल्ने वा कुनै काम गर्ने बहानामा वा अन्य व्यक्तिलाई कुनै प्रकारको रकम या ज्याला दिई भिक्षा माग्न या माग्न दुरुत्साहन नगर्न तथा नगराउन महानगरले आग्रह गरेको छ ।

“असहाय, विरामी, बेवारिसे, अशक्त तथा सडक सहयोगापेक्षी मानवको यथोचित तथा मानवीय व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले मानव सेवा आश्रम सँग सहकार्य गरी व्यवस्थापन हुँदै आएको छ । मानव सेवा आश्रमको सेवा आवश्यक परेमा काठमाडौं महानगरपालिका वा मानव सेवा आश्रममा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ,” महानगरले भनेको छ, “यो सूचना प्रकाशित भएको मितिले १० दिन भित्र उल्लेखित सार्वजनिक स्थानमा भिक्षा माग्ने वा माग्न लगाउने कार्य नगर्नु तथा नगराउनुहुन सूचित गरिन्छ ।”

महानगरको सूचनाको उल्लंघन गरेमा सम्बद्ध सरोकारवाला निकायहरूको समन्वय र सहकार्यमा मुलुकी अपराध संहिता, २०७४ को दफा १२६, स्थानीय सरकार सञ्चालन ऐन, २०७४ र प्रचलित कानुन बमोजिम कारबाही गरिने महानगरले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports