kumari
stcnepal

कोईरालाको प्रधानमन्त्री लाई प्रश्न, अर्थमन्त्रीलाई किन कारवाही नगरेको ?

काठमाडौं। नेपाली कांग्रेसका नेता शेखर कोइरालाले मुलुकको अर्थ व्यवस्था चौपट हुँदा पनि प्रधानमन्त्रीले ठोस कदम नचाल्नु दु खद भएको बताउनुभएको छ । उहाँले अर्थ मन्त्रालयमा भएको अर्बौँको चलखेल र लेनदे नबाट मन्त्री आरोपित हुँदा समेत प्रधानमन्त्री शेरबहादुर देउवाले कारबाही नगरेको भन्दै प्रश्न उठाउनुभएको हो ।

अर्थ मन्त्रालयमा भएको अर्बौंको चलखेल र लेनदेन बाट मन्त्री आरोपित छन । प्रधानमन्त्रीले किन कारबाही नगरेको ? के स्वार्थ छ ? बिहीबार काठमाडौंमा आफूनिकट नेताहरु सँगको छलफलमा कोइरालाले भन्नुभयो । नेता कोइरालाले प्रधानमन्त्री देउवाले राष्ट्रहित र आम नागरिकको हितलाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले निर्वाचनको मुखमा हुने यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद गर्ने र ब्यबस नै दाउमा पर्ने धारणा राखे ।

राष्ट्रहित र आम नागरिकको हित भन्दा कांग्रेस पार्टी र सभापति देउवा वा अरु कसैको किमार्थ हित हुनुहुँदैन । तर चुनाव अगाडि भएका यस्ता जघन्य आर्थिक विचलनले मुलुकलाई बर्बाद मात्र गर्दैन, व्यवस्था नै नागरिकको कठघरामा उभिन्छ, नेता कोइरालाले भन्नुभयो ।

उहाँले पार्टीको सरकार भएको बेला राम्रो काम गर्ने पार्टीको रूपमा जनतामाझ चिनिएर पार्टी राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरमा विस्तार हुनुपर्ने आफूहरूको चाहना भएको बताउनुभयो ।

 

 

footer