२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमाल बीच भेटवार्ता

858
shares

काठमाडौं ।नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र महानायक राजेश हमाल बीच भेटवार्ता भएको छ । प्रचण्डलाई भेट्न हमाल आज बिहान खुमलटार स्थित निवास पुगेका थिए । चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्तिका लागि दौडधूप चलिरहेको बेला भएको यो भेटलाई अर्थपूर्ण मानिएको छ ।

भेटमा सहभागी संगीतकार चेतन सापकोटाले भने समसामयिक राजनीतिक, नेपाली चलचित्र क्षेत्रका समस्या र समाधानका उपाय लगायतका विषयमा कुराकानी भएको जानकारी दिए । भेटको चाँजोपाँजो सापकोटाले नै मिलाएका थिए ।

चलचित्र विकास बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्तिका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले दरखास्त आह्वान गरेपछि करिब एक दर्जन आकांक्षीहरु शक्ति केन्द्र धाइरहेको बेला आज बिहान राजेश हमाल प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

एकछिन सामूहिक भेटवार्ता भएपछि, पछि प्रचण्ड र राजेश हमाल मात्र बसेर छलफल गरेका थिए । एक्लाएक्लै भएको भेटमा भएको कुराकानीको विषय सार्वजनिक भएको छैन । प्रचण्डको सचिवालयका सदस्यहरुले पनि कुराकानीको विषय बारे अनभिज्ञता प्रकट गरेका छन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports