२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गते भएको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

एमालेद्वारा राष्ट्रिय सभामा बजेट आश्रित विधेयक माथिको छलफल बहिष्कार

728
shares

काठमाडौं ।प्रमुख विपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभामा बजेट आश्रित विधेयक माथिको छलफल बहिष्कार गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्ति बाट करको दर हेरफेर गरेको भन्दै एमालेले राजीनामा माग गर्दै आएको छ । राजीनामा नदिने भए संसदीय छानविन समिति गठनको माग राखेको छ । आफूहरुको मागको सुनुवाइ नभएको भन्दै एमालेले बजेट आश्रित विधेयक माथिको छलफल बहिष्कार गरेको हो ।

शुक्रबार राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रतिनिधिसभा बाट पारित भएर आएको सन्देश सहितको आर्थिक विधेयक माथि दफावार छलफलका गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्न समय दिने वित्तिकै एमालेले उठेर विरोध जनायो । अध्यक्ष तिमिल्सिनाले एमाले सांसद भैरव सुन्दर श्रेष्ठलाई बोल्न समय दिए । त्यसपछि सांसद श्रेष्ठले अर्थमन्त्री शर्माले पेश गर्ने प्रस्तावउपर छलफलमा भाग नलिने पार्टीको निर्णय रहेको जानकारी गराए । त्यसपछि एमाले सांसदहरु बैठक हल बाट बाहिर निस्किए ।

एमाले सांसदहरुले बैठक बहिष्कार गरे पनि अध्यक्ष तिमिल्सनाले अर्थमन्त्री शर्मालाई प्रस्ताव प्रस्तुत गर्न समय दिए । एमाले बाहेकका सांसदहरुको अनुपस्थितिका बीच पनि राष्ट्रिय सभामा आर्थिक विधेयक माथि छलफल जारी छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports