प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

माले पोलिटब्युरो सदस्य श्रेष्ठ सहित अन्य पार्टीका समेत सयौ नेता तथा कार्यकर्ता राप्रपा नेपालमा प्रवेश

585
shares

काठमाडौँ ।लामो समय कम्युनिस्ट आन्दोलनमा रहेका कुमार श्रेष्ठ राप्रपा नेपाल प्रवेश गरेका छन् । नेकपा (माले) का पोलिटब्युरो सदस्य रहेका श्रेष्ठ , केन्द्रीय सदस्य वीरसिंह तामाङ लगायतलाई राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीमा स्वागत गरेका हुन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष थापाले राप्रपा नेपाल मुलुकको राष्ट्रिय राजनितीमा जबरजस्त ढङ्गले अगाडि बढ्ने बताए । राजनीतिक दलका नेता, कर्मचारीतन्त्र र बिचौलियाहरूको त्रिसंखु गठबन्धनले मुलुकलाई समस्याको दलदलमा फसाएको भन्दै धर्म परिवर्तन ,बेरोजगारी ,भ्रष्टाचार र कुशासनको अन्त्यको निमित्त जनता जागरूक हुनुपर्ने बताए । थापाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली , केन्द्र र स्थानीय तहको मात्र संरचना, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्थाले मात्र अहिले देखिएको समस्या समाधान हुने बताए ।

नव-प्रवेशी कुमार श्रेष्ठले अब राप्रपा नेपालले अवलम्बन गरेको बाटो बाट मुलुकको स्वाधीनताको रक्षा , प्रजातन्त्रको संरक्षण र मुलुकको समृद्धि हुने निष्कर्ष सहित राप्रपा नेपालमा समाहित भएको बताए । यसै गरी राप्रपाका गौरव नेपालीको नेतृत्वमा १ सय पाँच जना पनि सोही अवसरमा राप्रपा नेपाल प्रवेश गरेका थिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports