प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कस्तो रहला आजको मौसम, केही प्रदेशमा भारी बर्षाको सम्भावना

676
shares

काठमाडौं ।देशका विभिन्न भागमा आज पनि पानी पर्ने भएको छ । केही स्थानमा बिहानै बाट वर्षा भइरहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आज बिहान सामान्य देखि पूर्ण बदली ररहेको छ । बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा साथै वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै मेघगर्जन चट्टयाङ सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ । देशका धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागका अनुसार आज राति प्रदेश–१, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

भारी वर्षाको समेत सम्भावना रहेकाले पहाडी भूभागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ । नदी, नाला तथा खहरे खोलाहरूमा पानीको सतह बढ्न सक्ने विभागका भनाइ छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports