प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस र एमाले यसै अधिबेशनमा प्रदेश १ को नाम टुंग्याउन सहमत

767
shares

विराटनगर ।प्रदेश १ को नामको विषयमा नेपाली कांग्रेसले प्रमुख राजनीतिक दल ग छलफल थालेको छ । आगामी आर्थिक वर्ष २०७९/०८० को बजेट पारित भए सँगै कांग्रेसले प्रमुख प्रतिपक्ष नेकपा (एमाले)सहितका दल सँग नाम बारे औपचारिक छलफल थालेको हो । प्रदेश सभाबाट आइतबार बजेट पारित भएसँगै प्रदेशको नाम बारे छलफल थालिएको हो ।

कांग्रेस संसदीय दलको पहलमा सोमबार प्रदेश सभा सचिवालयमा एमाले सँग नाम बारे छलफल भएको छ । छलफलमा सहभागी एमाले संसदीय दलका नेता भीम आचार्यले आफ्नो दल साझा सहमतिको आधारमा यही संसद् अधिवेशन बाट नामकरण टुंग्याउने विषयमा सकारात्मक रहेको बताए । उनले भने, “हामीले प्रस्ताव गरेको र अरू दल बाट आएका नामको विषयमा समेत अझ गहन ढंगले छलफल गर्न सकिन्छ ।”

एमालेले प्रदेशको नाम कोसी हुनुपर्ने बताउँदै आएको छ । तर, जातका आधारमा प्रदेशको राख्न नहुने एमालेको अडान छ । तर, एमालेकै कतिपय सांसदहरू कोसी–किरातको पक्षमा छन् ।आजको छलफलमा सभामुख प्रदीकुमार भण्डारी सँग समयतालिका माग गर्ने र सैद्धान्तिक सहमतिमै नामलाई अघि बढाउने बारे कुराकानी भएको छ । बैठकमा सहभागी कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रमुख राजनीतिक दलले नामको विषयलाई प्रस्ताव गरेर लैजाँदा टुंगोमा पुग्न सकिने बताएका थिए । “सबै दलको आ–आफ्ना अडान भएपनि प्रमुख दलहरू बीच साझा धारणा बनाएर अघि बढे मात्र नामको विषय टुंगोमा पुग्न सक्छ,” कोइरालाले भने ।

छलफलमा सहभागी एमाले नेता तथा सांसद जीवन घिमिरेले भूगोललाई आधार बनाएर अघि बढ्दा सहज हुने आफ्नो पार्टीको प्रस्ट धारणा भएपनि आफूहरू सहमतिको र गहन छलफलका लागि खुला रहेको बताएका थिए । दलका नेताहरू बीच प्रदेशको नामको विषयको चालु अधिवेशन भित्र टुंग्याउने सैद्धान्तिक सहमति भएको छ । छलफलमा सहभागी नेपाली कांग्रेसका प्रमुख सचेतक सूयर्माराज राईले भने, “यही अधिवेशन बाट नामको विषय टुंग्याउने सैद्धान्तिक सहमति भएको छ । यसको अभिभारा प्रदेशसभाको यही अधिवेशन बाट पूरा हुने तयारी छ ।” छलफलमा कांग्रेस बाट संसदीय दलका नेता कोइराला, प्रमुख सचेतक राई, लोकप्रसाद संग्रौला, र शिवनारायण सिंह रहेका थिए । एमालेबाट संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री आचार्य, दलका उपनेता यशोदा अधिकारी, पूर्वमन्त्री घिमिरे, हिक्मत कार्की, जगदीश कुसियैत र राजकुमार ओझा रहेका थिए ।

कांग्रेस नामकरणको विषयलाई टुंग्याउन लागि माओवादी केन्द्र र अन्य दल सँग पनि छलफल गर्ने तयारी गरेको छ । कांग्रेस संसदीय दलका तर्फ बाट आइतबार प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राई सँग पनि छलफल भएको थियो । छलफलमा कांग्रेस सहमति जुटाएर सहज ढंगबाट नामको विषयमा टुंग्याउनु पर्ने पक्षमा रहेको जानकारी गराइएको थियो । मुख्यमन्त्री राजेन्द्र राई जातीय पहिचानमा आधारित नामको पक्षमा छन् । माओवादी केन्द्रले पनि पहिचानलाई आफ्नो बटमलाइन बनाएको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports