विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फोहर व्यवस्थापनको काम ४ दिनमा सकिने छ : काठमाडौं महानगरपालिका

546
shares

काठमाडौं ।काठमाडौँ उपत्यकामा थुप्रिएको सबै फोहर व्यवस्थापनको काम ४ दिनमा सकिने काठमाडौं महानगरपालिकाले जनाएको छ । टेकु ट्रान्फर स्टेसनमा रहेका बाहेक सडकमा जथाभावी थुपारिएको सबै फोहर व्यवस्थापनको काम यही साता सम्ममा सक्ने गरी काम भइरहेको महानगरपालिकाको वातावरण विभागका प्रमुख सरिता राईले जानकारी दिइन्।प्रमुख राईका अनुसार मुख्य सडकमा रहेको सबै फोहरको व्यवस्थापन कार्य सकिएको छ, अब भित्री सडकमा रहेको केही फोहर बाँकी छन् त्यसको पनि अन्तिम व्यवस्थापनको काम आगामी शनिबार सम्ममा सकिने छ । यसअघिको फोहर पनि व्यवस्थापन गर्नुपर्ने भएकाले अहिले साविकमा भन्दा बढी दैनिक तीन सय गाडी फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुग्ने गरेका छन् । मुख्य सडकमा नै कतै फोहर व्यवस्थापनको काम बाँकी भए वातावरण विभागमा जानकारी दिन पनि प्रमुख राईले नागरिकलाई आग्रह गरे ।

केही दिनअघि कामपाको प्रमुख बालेन्द्र साहले फोहर व्यवस्थापन कार्यमा सहभागी निजी कम्पनीलाई पनि एक साता भित्र सबै फोहर व्यवस्थापन गर्न दिर्नेशन दिए । कहिले पानीको कारण बाटो अवरोध त कहिले सिसडोल बञ्चरेडाँडाका स्थानीयका अवरोध गरेपछि विगत दुई महिना देखि उपत्यकाको फोहर व्यवस्थापन हुन सकेको थिएन । सिसडोल र बञ्चरेडाँडाका बासिन्दाले विगतमा महानगर सँग भएको सम्झौता अनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्था जस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडकनै अवरोध गरी व्यवस्थापनको काममा असहयोग गर्दै आएका छन् ।

महानगरपालिलकाले भने सम्झौता कार्यान्वयनको चरणमा रहेको भन्दै फोहर ढुवानीमा सहयोग गरिदिन स्थानीयलाई आग्रह गर्दै आएको छ । दुई महिना देखि विसर्जन हुन नसकेको उपत्यकाको फोहर व्यवस्थापनका सम्बन्धमा गत साता काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयबीच भएको चारबुँदे सहमतिपछि बिहीबार देखि साविक बमोजिम फोहर व्यवस्थापन कार्य हुन थालेको हो । पेचिलो सवाल बन्दै आएको सङ्घीय राजधानी काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन वर्ष बित्दै जाँदा थप चुनौती बन्दै गएकाले कामपाले कुहिने फोहरलाई यहीँ नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम भने गरिरहेको जनाएको छ ।

हरेक दिन उपत्यका बाट एक हजार दुई सय मेट्रिक टन फोहर उत्पादन हुने गरेको छ । त्यसमध्ये सबैभन्दा बढी कामपाको पाँच सय मेट्रिक टन रहेको छ । यसअघि पनि लामो समय फोहर जम्मा भएर बसेको हुनाले अहिले दैनिक तीन सय गाडीले अन्तिम व्यवस्थापनका लागि बञ्चरेडाँडा लाने गरेका छन् । हाल कामपा सहित अन्य १७ स्थानीय तहको फोहरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ । काठमाडौंका ३२ वडा छन् । यसमा मुख्य नौ वडा बाहेक अन्यमा निजी कम्पनीको सहकार्यमा फोहर व्यवस्थापन हुँदै आएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports