kumari
stcnepal

प्रधानमन्त्री देउवा ःआदिवासीका अधिकार सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहने

काठमाडौँ ।
प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अल्पसङ्ख्यक र सीमान्तकृत समूहको अधिकारलाई सुनिश्चित गर्न सरकार सदैव प्रतिबद्ध रहेको बताएका छन् ।
‘विश्व आदिवासी दिवस’का अवसरमा नेपाल र नेपालबाहिर बस्ने नेपाली आदिवासी दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दै उनले यस दिवसले सम्पूर्ण आदिवासीहरूको अधिकार र मुद्दालाई उठान गर्ने र सचेतीकरण गरी संसारभरका आदिवासी समुदायलाई एकै सूत्रमा बाँध्ने उल्लेख गरेका छन् ।
कसैलाई पनि पछाडि नछाडौँः आदिवासी जनजाति र नयाँ सामाजिक सम्झौताका लागि आह्वान’ भन्ने नाराका साथ संसारभरका आदिवासीले (साउन२५) अगस्ट ९ का दिन २७ औँ विश्व आदिवासी दिवस मनाइरहेको छ ।

footer