नेपाल पत्रकार महासंधले ईमेज च्यानल टेलिभिजनमा दियो धर्ना
वि.सं.२०७९ भदौ १९ आइतवार १७:५४
shares

काठमाडौं ।नेपाल पत्रकार महासंघले आइतबार लाजिम्पाट स्थित इमेज टेलिभिजनको कार्यालय परिसरमा एक घण्टा धर्ना दिएको छ ।
कोभिडकालमा निश्काशन गरेका श्रमजीवीहरुको पारिश्रमिक अझै उपलब्ध नगराएको, २०७६ देखि चाडवाडका पैसा उपलब्ध नगराएको, कल्याणकारी कोषमा पत्रकारको पारिश्रमिक काटिने तर व्यवस्थापन पक्षले पारिश्रमिक नहालेको र नियमित पारिश्रमिक नदिइएको, न्यूनतम पारिश्रमिक समेत सबै पत्रकारहरुलाई नदिएको भन्दै पत्रकार महासंघले सो टेलिभिजनमा आइतबार सांकेतिक रुपमा एक घण्टा धर्ना दिएको हो ।
नेपाल पत्रकार महासंघ इमेज प्रतिष्ठान शाखाले व्यवस्थापन सँग केही समय अगाडि मागपत्र प्रस्तुत गर्दा र महासंघ केन्द्रले पनि इमजेमा देखिएका श्रम सम्बन्धी समस्या समाधानका लागि पटक–पटक आग्रह गर्दा समेत व्यवस्थापन पक्ष बाट बेवास्ता भएपछि महासंघले आइतबार धर्ना दिएको बताएको छ । धर्ना कार्यक्रममा महासंघका केन्द्रीय सदस्यहरु लगायत ईमेज च्यानलमा कार्यरत पत्रकार र अन्य सञ्चार माध्यममा काम गर्ने पत्रकारको सहभागिता रहेको थियो ।

































