linktrix Long Ad
Salt Trading Long Ad

सभामुख सापकोटाको निमन्त्रणामा चिनियाँ जनकांग्रेस अध्यक्ष ली झान्शु भदौ २७ गते नेपाल आउँदै

637
shares

काठमाडौँ ।सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा जनवादी गणतन्त्र चीनको राष्ट्रिय जन कांग्रेसका स्थायी समितिका अध्यक्ष ली झान्शुले यही सेप्टेम्बर १२ देखि १५ तारिख (यही भदौ २७ देखि ३० गते) सम्म नेपाल भ्रमण गर्ने भएका छन् ।

सभामुख सापकोटा र अध्यक्ष लीले सेप्टेम्बर १२ मा प्रतिनिधिमण्डल स्तरीय द्विपक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । सोही साँझ सभामुख सापकोटाले अध्यक्ष ली र उनका प्रतिनिधिमण्डलका सदस्यको सम्मानमा भोजको आयोजना गर्नेछन ।

नेपालमा रहँदा अध्यक्ष लीले राष्ट्रपति विद्यादेवी भण्डारी सँग सेम्टेम्बर १४ मा र प्रधानमन्त्री शेरबहादुर देउवा सँग सेम्टेम्बर १३ मा शिष्टाचार भेटवार्ता गर्नेछन् । यसैगरी सोही दिन उनले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सँग भेटवार्ता गर्नेछन् भने परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनी सँग शिष्टाचार भेट गर्ने मन्त्रालयले जनाएको छ ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सँग पनि उनको छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports