kumari
stcnepal

दाहाल–नेपालको चाहना देउवा नै प्रधानमन्त्री

 

काठमाडौ । संघीय संसदको प्रत्यक्ष र प्रदेशसभाको प्रत्यक्षतर्फ सबैभन्दा ठुलो पार्टी बनेको नेपाली कांग्रेस आफ्नो पार्टीको बल बुत्तामा ठुलो पार्टी बनेको होइन ।
पाँच दलीय गठबन्धनको नेतृत्व गर्दै सत्तामा पुगेको नेपाली कांग्रेसले सत्ता गठबन्धनमा रहेका दलहरु माओवादी केन्द्र, नेकपा एकीकृत समाजावादी र राष्ट्रिय जनमोर्चासँग गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले मात्र ऊ प्रत्यक्षतर्फ ठुलो पार्टी बनेको हो ।
निर्वाचनको मुखमा आएर सत्ता गठबन्धनले लोकतान्त्रिक समाजवादीसँग तालमेल गरेको भएपनि लोकतान्त्रिक समाजवादी पार्टीले ४ सिटमात्र जित हाँसिल गर्न सक्थ्यो भने ऊ राष्ट्रिय पार्टी समेत बन्न सकेन ।
निर्वाचनको परिणाम आईसकेपछि सत्ता गठबन्धनमा रहेका दलहरु कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, कांग्रेसकै नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, शेखर कोइराला, सशांक कोइराला र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र संघीय संसदमा प्रत्यक्षतर्फ गठबन्धनको सहयोगमा १० सिट हात पारेको नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पनि प्रधानमन्त्रीका आकांक्षी रहेका छन् । माधव नेपालको पार्टीले समानुपातिकतर्फ ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसकेका हुनाले उनको पार्टी राष्ट्रिय पार्टी भने बन्न सकेन ।
१० सिटमात्र जितेको र राष्ट्रिय पार्टीसम्म बन्न नसकेको पार्टीका अध्यक्ष माधव नेपाल कमसेकन १ वर्ष भएपनि प्रधानमन्त्री बन्न चाहेका छन् । माधव नेपालको पार्टीको जन्मदाता सत्ता गठबन्धन र त्यसमा पनि देउवा र दाहाल नै प्रमुख भएकाले उनीहरुले माधव नेपाललाई पाँच वर्षे कार्यकाल रहेको संघीय संसदको अन्तिम एक वर्ष प्रधानमन्त्री बनाई दिन सक्छन् भन्दै माधव नेपालको पनि त्यसैमा जोड रहेको छ ।
नेपाली कांग्रेसभित्र प्रधानमन्त्रीका आकांक्षी धेरै भएपनि पहिला पार्टीको संसदीय दलको नेता चुनिनुपर्ने भएकाले प्रधानमन्त्रीका आकांक्षीहरु आ आफ्नो पक्षमा बहुमत जुटाउने कसरतमा लागेका भएपनि दाहाल र नेपालले भने देउवालाई नै पहिलो प्राथमिकतामा राखेका छन् ।
देउवा बाहेक अरु व्यक्ति संसदीय दलको नेताबनेर प्रधानमन्त्री भएका आफ्नो स्वार्थ पुरा नहुने दाहाल नेपालको ठहर रहेको छ । त्यही कारणले गर्दा दाहाल–नेपाल हर तरहमा फेरी देउवालाई नै समर्थन गर्ने अवस्थामा पुगेका छन् ।

footer