kumari
stcnepal

जनमत पार्टी सत्तामा जान आतुर

 

काठमाडौ । मंसिर ४ गते सम्पन्न भएको संघीय संसद र प्रदेशसभाको निर्वाचनको परिणाम सार्वजनिक भईसकेको छ । परिणाम अनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस ५७ सिट, जितेर सबैभन्दा ठुलो पार्टी बन्न सफल भएको भएपनि समानुपातिकतर्फ नेकपा एमाले नै ठुलो पार्टी बनेको छ ।
दलहरु गठबन्धन गरेर निर्वाचनमा गएको हुनाले प्रत्यक्षतर्फ पाएको मत कुनै एउटा दलको मात्र नभएर गठबन्धनमा रहेका दलहरुको साझा मत हो भने समानुपातिकमा पाएको मत मात्र आ आफ्नो दलको मत हो ।
सत्ता गठबन्धन रहेका दलहरु गठबन्धन नै गरेर निर्वाचनमा गएका भएपनि सत्ता गठबन्धनले बहुमत ल्याउन सकेन । सत्ता गठबन्धनमा रहेका दलहरु मध्येको कांग्रेसले प्रत्यक्षतर्फ ५७ र समानुपातिकतर्फ ३२ सिट पाएको छ ।
माधव नेपालले नेतृत्व गरेको नेकपा एकीकृतले सत्ता गठबन्धनको बलमा प्रत्यक्षतर्फ १० सिटमा जित हाँसिल गरेको भएपनि समानुपातिकमा सिट पाउन ३ प्रतिशतको थ्रेस होल्ड कटाउन नसक्दा उसले समानुपातिक तर्फको सिट पाउन सकेन ।
नेकपा एसले समानुपातिकतर्फ जम्मा २ लाख ९६ हजार मात्र मत पाएको थियो । सत्ता गठबन्धनमा रहेका दलहरु मध्ेको कांग्रेस र माओवादी पार्टीमात्र राष्ट्रिय पार्टी बनेका छन् भने राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत र लोकतान्त्रिक समाजवादी पार्टी राष्ट्रिय पार्टी बन्न सकेनन् ।
सत्ता गठबन्धनले संघीय संसदको जम्मा २७५ सिट मध्येको बहुमत १ सय ३८ सिटसम्म ल्याउन नसकेको हुनाले अब सत्ता गठबन्धनलाई सरकार निर्माणका लागि स्वतन्त्र सांसद र एक दललाई सर्थनमा ल्याउनुपर्ने बाध्यता आई लागेको छ ।
निर्वाचनमा पहिलो पटक भाग लिएर राष्ट्रिय पार्टी बन्न सफल भएको चन्द्रकान्त राउत (सिके)को जनमत पार्टी राष्ट्रिय पार्टी बनेको र उसले १ सिट प्रत्यक्षमा जित हाँसिल गरेर समानुपातिक तर्फबाट ४ सिट हात पारेको हुनाले गठबन्धनले जनमत पार्टीले सत्ता गठबन्धनलाई सहयोग गर्ने र सरकारमा सहभागि हुने उद्घोष गरिसकेको छ ।
पार्टी अध्यक्ष राउतले आफूले निर्वाचन जित्ने वित्तिकै राजनीतिक भेटघाट बढाएका र आवश्यक परे आफ्नो पार्टी सत्तामा सहभागि हुने बताईसकेका हुनाले उनी सत्तामा सहभागि हुने निश्चित जस्तै रहेको छ ।
तर, राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुख, प्रदेश प्रमुखहरुको भागवण्डा मिलाउन र को पहिलो प्रधानमन्त्री बन्ने भन्ने निर्णय गर्न सत्ता गठबन्धनलाई महाभारत हुने निश्चित जस्तै रहेको छ ।

footer