पुष्पकमल दाहाललाई २५ गते बिहिबार १० बजे सर्वोच्च अदालतमा आफै हाजिर हुन सर्वोच्चले पठायो पत्र
वि.सं.२०७९ फागुन २३ मंगलवार १४:५५
shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बिहीबार विहान १० बजे अदालतमा हाजिर हुन भनेको छ । सर्वाेच्चले प्रधानमन्त्रीलाई आफै उपस्थित हुन भनेको छ । सर्वोच्च प्र्रशासनले दिएको जानकारी अनुसार पत्र नेकपा (माओवादी केन्द्र)को पार्टी कार्यलय र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयमा पठाइएको छ ।
रिट दर्तापछि सर्वोच्च बाट खडा गरिएको तारेख पर्चामा आज प्रधानमन्त्री प्रचण्डले प्राप्त गर्नेछन् भने भोलि बिहीबार बिहान १० बजे अदालतमा हाजिर हुन भनिएको छ । प्रचण्डविरुद्ध दर्ता भएको द्वन्द्वकालीन मुद्दाको पेशी बिहीबारका लागि तोकिएको छ । ज्ञानेन्द्रराज आरणसहितले मंगलबार दर्ता गरेको रिट निवेदन माथि बिहीबार पेशी तोकिएको सर्वोच्च प्रशासनले जनाएको छ ।
प्रचण्डले ३ वर्षअघि दिएको अभिव्यक्ति समेतलाई लिएर सर्वोच्च अदालतमा मंगलबार रिट दर्ता भएको हो । अधिवक्ता आरण र कल्याण बुढाथोकी सहितका व्यक्तिहरूले दाहाल विरुद्ध दिएका २ वटा रिट मंगलबार सर्वोच्च प्रशासनमा दर्ता भएको हो । यसअघि उनीहरूले गत कात्तिक १४ मा सर्वोच्च अदालतमा दिएको निवेदन कात्तिक २४ मा सर्वोच्च प्रशासनले दरपीठ (दर्ता नगर्ने निर्णय) गरेको थियो ।
दरपीठ भएको रिट निवेदन शुक्रबार न्यायाधीशहरू इश्वरप्रसाद खतिवडा र हरि फुयालको इजलासमा पेस भएको थियो । उक्त इजलासले रिट दरपीठको आदेश खारेज गर्दै सर्वोच्च अदालत प्रशासनलाई दर्ता गर्न आदेश दिएको थियो । सर्वोच्चको उक्त आदेशको लिखित प्रति आइतबार सार्वजनिक भएकोमा मंगलबार रिट दर्ता भएको हो ।
प्रचण्डले ०७६ को माघीका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित सभालाई सम्बोधन गर्दै द्वन्द्वका क्रममा मारिएका १७ हजार मध्ये आफूले ५ हजारको जिम्मा लिनसक्ने बताएका थिए । सोही अभिव्यक्तिलाई आधार बनाएर सर्वोच्चमा मुद्दा दर्ता भएको हो ।






































