आठ दलको निर्देशन सबै सांसदलाई भोली ११ बजे सम्ममा काठमाडौं आउनु, खाने बस्ने ब्यबस्था आठ दलले नै मिलाउने
वि.सं.२०७९ फागुन २३ मंगलवार १७:०१
shares

काठमाडौं । आठ दलीय गठबन्धनले आफ्ना सबै सांसदहरुलाई बुधबार मध्याह्नसम्ममा काठमाडौं आइपुग्न निर्देशन दिएको छ । राष्ट्रपति निर्वाचनमा मतदानका लागि प्रदेश र प्रतिनिधिसभाका सांसदहरुलाई काठमाडौं बोलाइएको हो । उनीहरुका लागि खान र बस्नका लागि सबै व्यवस्था आठ दलीय गठबन्धनले नै गर्नेछ । मंगलबार आज नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरवारमा बसेको आठ दलका सम्मिलित नेताहरुको बैठकले भोलि बुधबार बिहान १२ बजेसम्म सांसदहरुलाई काठमाडौँ आइसक्न निर्देशन दिएको हो । बैठकले राष्ट्रपति निर्वाचनका लागि सांसदहरुलाई बुधबार बिहान ११ बजेसम्म काठमाडौँ आइपुग्न निर्देशन दिएको एक नेताले जानकारी दिए ।
बैठकले प्रतिनिधिसभा, राष्ट्रियसभा र प्रदेशसभाका सांसदहरुलाई भोलिसम्म काठमाडौँ आइपुग्न सर्कुलर गर्ने निर्णय गरेको हो । बैठकले शतप्रतिशत भोट खस्ने गरी ८ दलले पहल गर्ने पनि निर्णय गरेको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ । राष्ट्रपति निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार देखि निर्वाचन आचारसंहिता समेत लागु गरेको छ । आठ दलीय गठबन्धनमा आबद्ध दलका नेताको बैठकले राष्ट्रपति निर्वाचनका लागि काठमाडौं आउने प्रदेशसभा सदस्यहरूलाई खाने र बस्ने व्यवस्था गर्ने निर्णय गरेको छ । बैठकपछि खानेपानीमन्त्री एवं जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले शतप्रतिशत मत खसाउन आ–आफ्नो पार्टीको जिम्मेवारी लिने निर्णय समेत भएको जानकारी दिए ।
गठबन्धन कार्यदलका संयोजक एवम् कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले राष्ट्रपति निर्वाचनका लागि मतदाताहरुलाई बुधबार सम्म काठमाडौं आइपुग्न निर्देशन दिइएको र निर्वाचन सँग जोडिएका प्राविधिक पाटोलाई व्यवस्थित गर्नेबारे छलफल भएको बताए ।






































