linktrix Long Ad
Salt Trading Long Ad

वैदेशिक रोजगार संघका अध्यक्ष दोषी ठहर, ६ महिना कैद र एक लाख जरिवाना

611
shares

काठमाडौं ।वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारी दोषी ठहर भएका छन् । उनलाई वैदेशिक रोजगार न्यायाधीकरणले कसूर ठहर गर्दै ६ महिना कैद र १ लाख रुपैयाँ जरिवानाको फैसला गरेको छ । औरोरा ह्युमन रिसोर्स प्रालिका सञ्चालकसमेत रहेका भण्डारीलाई वैदेशिक रोजगार कसूरमा न्यायाधीकरणले मंगलबार दोषी ठहर गरेको हो ।

यही मुद्दामा प्रेस सञ्चालक शेरबहादुर महर्जनलाई ३ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना हुने न्यायाधिकरणको फैसला छ ।न्यायाधिकरणका अध्यक्ष रमेशकुमार खत्री र सदस्यहरु निशा बानियाँ र गोपीचन्द्र भट्टराईको इजलासले उनीहरुलाई दोषी ठहर गरेको हो । यो मुद्दामा मतियारको रुपमा दाबी गरिएका प्रेसका कामदार मनिलकुमार महर्जनले भने सफाइ पाएका छन् ।

भण्डारीले दुबइ स्थित रोजगारदाता कम्पनी ’टिम फर्निचर’ को लट नं. ९२३३३ बाट ११ जना कामदार पठाउन वैदेशिक रोजगार विभाग बाट स्वीकृति प्राप्त गर्दा नक्कली कागजात पेश गरेको कसुरमा मुद्दा परेको थियो । उक्त कागजात खडा गर्नका लागि प्रेस सञ्चालक महर्जनको समेत संलग्नता भएको ठहर गर्दै न्यायाधिकरणले उनीहरुलाई दोषी किटान गरेको हो ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports