kumari
stcnepal

नेपाल र युएई बीचको खेल हेर्न प्रधानमन्त्री दाहाल त्रिवि खेल मैदानमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेपाल र यूएई बीचको खेल हेर्न कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पुगेका छन् । नेपाली क्रिकेटरलाई हौसला बढाउन प्रधानमन्त्री प्रचण्ड कीर्तिपुरस्थित क्रिकेट मैदानमा पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड पुगेपछि नेपाल र युएईबीचको क्रिकेट सुरु भएको छ । विश्वकप लिग २ अन्तर्गतको अन्तिम खेल अघि उनले मैदानमै पुगेर खेलाडीहरूलाई शुभकामना दिएका छन् ।

नेपाली टिमको हौसला बढाउन प्रधानमन्त्री मैदानमै उपस्थित भएका हुन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा युएईका कप्तान मोहम्मद वासिमले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । तिब्र गतिका बलर करण केसीको स्थानमा गुल्सन झालाई मौका दिइएको छ । नेपालले प्रतिश जि.सी. ज्ञानेन्द्र मल्ल र करण केसीलाई बेन्चमा राखेको छ । टोलीमा अन्य परिवर्तन छैन । उता युएईले तीव्र गतिका बलर जुनैद्द सिद्दिकलाई मौका दिँदा जवार फरिदलाई बेन्चमा राखेको छ ।

घरेलु टोली नेपालले आज युएईलाई पराजित गर्न सके जुन जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा सोझै खेल्न पाउछ । यदि पराजित भएमा यसै महिना अन्तिममा नामिबियामा हुने क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ । साढे ९ बजेदेखि सुरू हुने खेलमा बिहान सात बजेदेखि दर्शकहरू रंगशाला पुगेका थिए । मैदान प्रवेशको लागि सयौँ समर्थकको भिड लागेको छ ।

क्यानले बुधबार साँझ नै सबै टिकट बिक्री भइसकेको जानकारी दिएको छ । क्यानले ११ हजार टिकट बिक्रि भएको जानकारी दिँदै आज बिहान गेटमा टिकट नबेच्ने जानकारी दिएको थियो । यो खेल हेर्नका लागि समर्थकको बिहानैदेखि भिड लागेको छ । सुरक्षाकर्मीलाई व्यवस्थापन गर्न मुस्किल पर्ने देखिएको छ । लिग–२ को अन्तिम श्रृंखलाको यो खेल नेपालका लागि निर्णायक मानिएको छ ।

footer