kumari
stcnepal

नेपाल पत्रकार महासघले भन्यो सभामुख घिमिरेको अभिव्यक्ति आधारहिन र आपत्तिजनक रहेको छ

काठमाडौं । नेपाल पत्रकार महासंघले सभामुख देवराज घिमिरेलाई आफ्नो अभिव्यक्ति पुष्टि गर्न वा सच्याउन आग्रह गरेको छ । संघीय संसद्ले बनाउने सञ्चार क्षेत्रसँग सम्बन्धित कानूनका विषयमा छलफल गर्न र र बधाई दिन पत्रकार महासंघको प्रतिनिधिमण्डलले शुक्रबार सभामुख घिमिरेसँग भेट गरेको थियो । त्यसक्रममा घिमिरेले दिएको अभिव्यक्तिले सञ्चार क्षेत्रको आत्मसम्मानमा गम्भीर चोट पुगेको महासंघले बताएको छ ।

सार्वभौम संसदको मूल नेतृत्वको पदीय हैसियत र मर्यादाविपरीत भएको भन्दै महासंघका महासचिव रोसन पुरीले विज्ञप्ति मार्फत भनेका छन्, ‘सार्वभौम संसद्को मूल नेतृत्व बाटै आफ्नो पदीय हैसियत र मर्यादा विपरित सञ्चार क्षेत्रप्रति आधारहीन र आपत्तिजनक अभिव्यक्ति प्रकट हुनु अत्यन्त दुःखद् छ ।’

शुक्रबार महासंघको प्रतिनिधिमण्डल सँगको भेटमा सभामुख घिमिरेले पत्रकारहरु बिक्रीमा रहेको र पित पत्रकारिता भइरहेको अभिव्यक्ति दिएका थिए ।

footer