linktrix Long Ad
Salt Trading Long Ad

अदालतमा हाजिर भए पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान

715
shares

पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक-इ-इन्साफ पार्टी (पिटिआई) का अध्यक्ष इमरान खान इस्लामावाद अदालतमा उपस्थित भएका छन्। शनिबार उनी इस्लामावाद स्थित अदालतमा उपस्थित भएका हुन्। उनलाई समर्थकहरूले घेरेर अदालत पुर्‍याइएको हो। अदालत परिसरमा पनि सुरक्षा बढाइएको छ। उनलाई पक्राउ गर्न लाहोर स्थित उनको घरमा प्रहरी पसेको समाचार संस्था रोयटर्सले जनाएको छ।

अदालतले उनलाई पक्राउ गर्न अनुमति दिएको थियो। त्यसपछि गत मंगलबारदेखि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो। पक्राउ गर्न आएका प्रहरी र उनका समर्थकबीच झडप हुँदा कयौं घाइते समेत भएका छन्। इस्लामावाद अदालतमा खान विरूद्ध विदेशी अधिकारीले दिएको उपहार अवैध रूपमा बेचेको आरोप छ। लाहोर बाट अदालत जानु अघि उनले रोयटर्स सँग कुराकानी गर्दै आफू पक्राउ परे पार्टी चलाउन एक कमिटी गठन गरेको पनि बताए।

‘यदि म पक्राउ परी जेल गए, पार्टीको एउटा कमिटीले निर्णयहरू गर्छ,’ उनले भने। रोयटर्सका अनुसार उनी माथि ९४ वटा मुद्दा लगाइएका छन्। गत नोभेम्बरमा प्रदर्शनको क्रममा उनी माथि गोली चलेको थियो। गोली लागेर उनी घाइते समेत भएका थिए। उनले पहिले भन्दा अहिले आफ्नो ज्यानको खतरा भएको र विपक्षी राजनीतिक दल र सेनाले आफूलाई आउँदो निर्वाचनमा भाग लिनबाट रोक्न चाहेको बताए।

प्रधानमन्त्री शेहबाज शरिफको सरकारले भने यी मुद्दामा आफ्नो हात नरहेको बताएको छ। खानले भने आफू अहिले पक्राउ पर्नुपर्ने कारण नभएको बताउँछन्। यस्तै मुद्दामा दोषी रहे आउँदो नोभेम्बरमा हुने निर्वाचनमा उनले भाग लिन पाउने छैनन्।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports