linktrix Long Ad
Salt Trading Long Ad

मिटरब्याज पिडितको समस्या समाधान गर्न नेकपा एमालेको सरकार सँग माग

663
shares

काठमाडौं । नेकपा एमालेले मिटरब्याज पीडितको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । आज शनिबार बसेको एमाले सचिवालय बैठकले मिटरब्याज बाट पीडित नागरिकहरु काठमाडौं आई धर्नामा बसेको र उनीहरु शारीरिक एवं मानसिक पीडाका कारण विमारी पर्दै गएको स्थितिप्रति ध्यानाकर्षण भएको भन्दै समस्या समाधानका लागि सरकारलाई आग्रह गरेको छ । ‘हाम्रो पार्टी यस समस्याको दिगो समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकारको ध्यानाकर्षण गर्दछ,’ बैठकपछि महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रचलित कानुन विपरीत मिटरब्याज असुल गर्ने विषयलाई वित्तीय अपराध ठहर्‍याउने गरी कानुनी व्यवस्था गर्न माग गर्दछ ।’

बैठकले मिटरब्याज लिने काममा संलग्नहरुलाई तत्काल नियन्त्रणमा लिई कडा कानुनी कारवाही गर्न, उनीहरुले झुक्यानमा पारी कब्जा गरेका जग्गा जमीन पीडितहरुलाई फिर्ता गराउन र यस विषयमा मुद्दा लगाएर जेलमा थुनिएका या फरार हुन बाध्यहरुलाई उन्मुक्ति दिन माग गरेको छ । स्थानीय पालिकाका न्यायिक समितिहरुमा पीडितहरुको गुनासो सुन्ने, विवरण सङ्कलन गर्ने र त्यसका आधारमा सरकारले आवश्यक कानुनी कारवाही अगाडि बढाउने व्यवस्था गर्न पनि एमालेले माग गरेको छ । नागरिकहरु मिटरब्याजको पासोमा पर्ने स्थिति निर्माण हुनुको मुख्य कारणमा आम नागरिकसम्म वित्तीय पहुँच नहुनु र वित्तीय संस्थाहरु नागरिकप्रति संवेदनशील एवं जवाफदेही नबन्नुसमेत भएकोले वित्तीय संस्थाहरुलाई नागरिकहरुका आवश्यकता, समस्या र चासोप्रति संवेदनशील हुने व्यवस्था गर्न पनि एमालेले सबैको ध्यानाकर्षण गरेको छ ।

बैठकले वर्तमान गठबन्धन सत्तारुढ भए यताका करिब दुई वर्षमा देशको अर्थतन्त्र सबै क्षेत्रमा संकटग्रस्त बनेको ठहर गरेको पोखरेलले बताएका छन् । मौद्रिक तरलताको संकट समाधानका लागि ठोस पहल गर्न, ब्याङ्क, वित्तीय संस्था र लघुवित्तहरुको ब्याजदर घटाउन, त्यसलाई बाञ्छित सीमाभित्र कायम राख्न र व्यवसायीहरुका समस्या सम्बोधन गर्न पनि सरकारसँग माग गरेको उनले बताए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports