linktrix Long Ad
Salt Trading Long Ad

जो प्रधानमन्त्री भएपनि नेपालको सत्ता अरूले नै चलाई रहेको छ : कृष्ण बहादुर महरा

741
shares

नवलपरासी । सत्तारुढ दल नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले नेपालको सत्ता ‘अरु कसैले’ सञ्चालन गरिरहेको दाबी गरेका छन् । पूर्वसभामुख समेत रहेका महराले शनिबार प्रेस सेन्टर पूर्वी नवलपरासीको तेस्रो साधारणसभालाई सम्बोधन गर्दै यस्तो दावी गरेका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री समेत भइसकेका महराले भने, ‘देश अरु कसैले चलाइरहेको छ । प्रचण्ड, ओली र देउवा त पात्र हुन् ।’ तर, उनले त्यो सत्ता चलाउने शक्ति बारे भने खुलाएनन् । उनले भने, ‘हुन त हाम्रै अध्यक्षको नेतृत्वमा सरकार छ, तर पनि हाम्रो बिडम्वना यही हो, जो प्रधानमन्त्री भएपनि हुने यही हो । नेपालको सत्ता अरुले चलाइरहेको हुन्छ ।’

वर्तमान सरकारले शान्ति प्रक्रियाका महत्वपूर्ण मुद्दा टुंगोमा पु¥याउनुपर्नेमा उनले जोड दिए । महराले लोकतन्त्र र संविधान माथि अझै खतरा कायम रहेको बताउँदै भने, ‘प्रतिगामीहरुले अझै टाउको उठाउन खोज्दैछन्, यसलाई निस्तेज गर्नुपर्छ ।’

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports