आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
वि.सं.२०७९ चैत १९ आइतवार ०७:२६
shares

प्रतिनिधिसभा बैठक आज आइतवार दिउँसो १ बजे बस्दैछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन पेस गर्ने लगायत कार्यसूची रहेका छन् ।
संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन २०७९ माथि छलफल गर्ने कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जनाएका छन् ।






































