linktrix Long Ad
Salt Trading Long Ad

आजको मौसम : देशका पहाडी भूभागमा चट्याङ्ग सहित हल्का बर्षाको सम्भावना

702
shares

काठमाडौँ । हाल देशमा पश्चिमी वायु सँगै स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहने छ। कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका थोरै स्थानहरूमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ। राति कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।

सोमबार भने कोशी, गण्डकी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा चट्याङ्ग सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports