kumari
stcnepal

रसुवागढी नाका हिजो देखी पुन: सञ्चालन

कोभिड-१९ सङ्क्रमण सँगै बन्द भएको रसुवागढी नाका हिजो शनिबार देखि पुनः सञ्चालनमा आएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधुकुमार मरासिनी र चीनको स्वशासित क्षेत्र तिब्बतका उपाध्यक्ष सिलाङ निमाको उपस्थितिमा रसुवागढीको मितेरीपुल बाट नेपालमा निर्मित सामग्री बोकेका नेपाली कन्टेनर केरूङतर्फ पठाइएको छ । नाका खुलाउन वार्ता सम्पन्न गरी चीनको तिब्बत बाट फर्कनुभएका सचिव मरासिनीका साथै गृह मन्त्रालयका सहसचिव जीतेन्द्र बस्नेतको टोली रसुवागढी नाकाहुँदै रसुवा फर्कनुभएको थियो ।

कोरोना सङ्क्रमण पश्चात बन्द चीनसित जोडिएका अन्य सिमानाका क्रमशः सञ्चालनमा आउने सचिव मरासिनीले जानकारी दिनुभयो । आगाम मे १ देखि तातोपानी नाका समेत पुनः सञ्चालनमा आउने उहाँले बताउनुभयो । नाका पुनः सञ्चालनमा आएपछि यहाँका व्यापारीमा उत्साह छाएको नेपाल केरूङ व्यापार सङ्घका संस्थापक अध्यक्ष मानबहादुर तामाङले बताउनुभयो । रसुवागढी नाका पुनः सञ्चालनमा आए सँगै बाँसका मुढा, कार्पेट, धातुजन्य सामग्री लगायत सामग्री बोकेका २४ मालवाहक ट्रक आजै केरूङ तर्फ पठाइएको छ । मालसामान आयातका लागि आजै ६३ ट्रक केरूङ पठाउने तयारी भइरहेको सीमा प्रहरीचौकी टिमुरेले जनाएको छ ।

केरूङका लागि आठ सय ८७ ट्रक पालैपालो पठाइनृ भएको छ । कोरोना सङ्क्रमणका कारण २०७६ माघ २७ गते देखि बन्द भएको मितेरीपुल हिजो बिहान ७ बजेदेखि पुनः सञ्चालनमा आएको हो । नाका खुले सँगै कोरोना परीक्षण गरेका चालक र स्थायी अनुमतिपत्र भएका रसुवावासीलाई मात्र केरूङ जान दिने चिनियाँ अधिकारीले आफूलाई जानकारी दिइएको रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

footer