मिटरब्याजी पीडा माथि प्रहरीको हस्तक्षेप प्रति संसदमै राप्रपाले जनायो आपति
वि.सं.२०८० वैशाख ५ मंगलवार १४:२०
shares

काठमाडौं । राप्रपाले मिटरब्याजपीडित माथि प्रहरीको आक्रमणप्रति भत्सना गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकको सुरुमै राप्रपा अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले सोमबार न्यायका लागि संघर्ष गरेका मिटरब्याजपीडित माथि प्रहरीले आक्रमण गरेको भन्दै भर्त्सना गरेका हुन् ।
राज्य भएको अनुभूति गराउनुपर्ने सरकारले न्यायका लागि याचना गरेका पीडित माथि नै आक्रमण हुनु दुखद् भएको भन्दै उनले मिटरब्याजपीडित र तराई क्षेत्रमा संघर्षमा उत्रिएका हरुवाचरुवाको न्यायका लागि आफू सडकमा उत्रिने चेतावनी दिए ।




































