kumari
stcnepal

प्रेमकुमार राई एक्सनमा उत्रिए

 

काठमाडौं । राजनीतिक खिचलो र सत्ता झगडाले अन्ययौमा फसेको अख्तियार अब एक्सनमा उत्रिएको छ । अख्तियारले बेटी बचाउ, बेटी पढाउ कार्यक्रम ल्याएको २ नम्बर प्रदेशमा कम्पनी नै नलेखिएको साइकल खरिद भ्रष्टाचारमा छापा मारेको छ ।

प्रदेश प्रमुखले संघीयतामा हात हाल्ने, बदनाम गर्न खोज्ने भनेर ठाडै हकार्न खोजेपछि अख्तियार प्रमुख प्रेमकुमार राईले भ्रष्टाचारमा अरु तीब्रताका साथ छापा मारिने र अनुसन्धान हुने जवाफ फर्काएका छन् ।यो छापापछि राज्य सञ्जालका अन्य भ्रष्टाचारीहरुको सातो जान थालेको छ । अख्तियारले छापा मारेर साइकल खरिदका सबै कागजात नियन्त्रणमा लिएपछि मुख्यमन्त्री राउत सबैभन्दा आक्रोसित भएका छन् । यही काण्डले उनको मुख्यमन्त्रीको जागीरसमेत जानसक्ने आँकलन गर्न थालिएको छ ।

मुख्यमन्त्री लालबाबू राउतका अनुसार ‘जुन तरिकाबाट अख्तियारका मान्छे प्रस्तुत भए उनीहरूको नियत ठीक देखिएन । एकैपटक छापा मार्ने र मिडियामा भाइरल बनाउने कुरामा अरु नै तत्व मिलेका छन् । प्रदेशलाई बदनाम गर्ने र मुख्यमन्त्रीलाई बदनाम गर्ने नियतले यो भएको हो ।’ तर अख्तियारका एक अधिकृत भन्छन्– बेटी बचाउ, बेटी पढाउ भन्ने, बेटीकै नाममा १७ करोडको साइकल खरिदमा खुलेआम भ्रष्टाचार गर्ने ? कारवाही त हुन्छ हुन्छ ।

footer