एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिने
वि.सं.२०७८ असोज १७ आइतवार १४:२६
shares

काठमाडौं । नेकपा एमालेमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद थपिने भएको छ । गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन ।
तर समूहगत छलफलमा वरिष्ठ उपाध्यक्ष र उपमहासचिव पद राख्नुपर्ने जोडदार माग उठेको थियो ।समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए ।
अब एमालेमा पदाधिकारीको संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताइएको छ ।


































